एजेन्सी– बलिउड अभिनेत्री कंगना रनौट बारम्बार चर्चामा आइरहन्छिन् । पछिल्लो समय पत्रकारहरुसँग झगडा गरेकाले उनी निकै चर्चामा आइन् । केही भारतीय मिडियाले त उनलाई प्रतिबन्ध नै लगाए ।
तर, बिबिसीको हिन्दी संस्करणले उनीसँग लामो कुराकानी गरेको छ । यो कुराकानीमा उनले आफ्ना कुराहरु खुलेर राखेकी छिन् ।
यही कुराकानीको एउटा प्रसङ्ग छ, उनको राजनीति यात्राको ।
उनलाई बलिउडले सधैं भारतमा सरकार जसको बन्छ, त्यस्तै विचारधारा बनाउने आरोप भएको र कंगना पनि अहिले राष्ट्रवादी धारमा सरकारका कारण देखिएकी हुन् भनेर सोधिएको छ । तर, यसलाई कंगनाले अस्वीकार गरेकी छिन् । उनले त यो सरकार बन्नुभन्दा अगाडि नै आफूले यो विचार लिन थालेको बताएकी छिन् ।
त्यसपछि उनी राजनीतिमा आउने सम्भावना कति छ भनेर सोधिएको छ । त्यसमा उनले भनेकी छिन् कि कंगना केवल फिल्मी जगत्मा मात्र सिमित रहनेछिन् । उनले बलिउडले नै आफूलाई सार्थक मन्च दिएकाले आफू राजनीतिमा नआउने र त्यसमा भविष्य नदेखेको समेत बताएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।