साउनः सोमबार शिवको, मंगलबार पार्वतीको पूजा

एजेन्सी– साउन महिना सुरुवात भइसकेको छ । साउन महिनामा सोमबार विशेषगरि भगवान शिवको पूजाअर्चना गरिन्छ । कतिपयले त पछिल्लो समय सोमबार भगवान शिवको नाममा व्रत पनि बस्छन्, आफ्ना श्रीमान्को भलोको कामना गर्दै ।

त्यसो त हिन्दू धर्ममा सोमबारलाई विशेष मानिएको छ । तर, सोमबार मात्र होइन, हिन्दू धर्मका लागि मंगलबार पनि निकै विशेष मानिन्छ । र, मान्यताहरु अनुसार मंगलबार पार्वतीको पूजआजा गरिने मात्र होइन, व्रत बस्ने चलन पनि छ ।

सामान्यतः मानिसहरु साउन महिनामा केवल शिव भगवानको पूजा गर्छन् । तर, मान्यता चाहिँ यस्तो होइन । यो महिनालाई पार्वतीको पनि विशेष महिना मानिन्छ । र, पार्वतीको पूजाआजा पनि गर्ने, व्रत बस्ने चलन छ । 

यसलाई मंगला गौरी भन्ने पनि चलन छ । पार्वतीको पूजा गर्दा दाम्पत्य जीवन सहज र खुसीयाली हुने मान्यता राखिन्छ ।
 





  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार ०:३०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया