मेरा कमजोरी सच्याउँछु : प्रचण्ड

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूभित्रका कमजोरीलाई धोइ पखाली गरेर अघि बढ्ने बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा आज  कीर्तिपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् । 

कार्यक्रममा उनले जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादमा जाने नै पार्टीको लक्ष्य रहेको बताए ।  पार्टी एकता भएपछि जनतामा ठूला अपेक्षा भएकोमा त्यो पूरा गर्नका लागि पार्टी अब लागिपर्ने पनि बताए । 

पार्टी एकता र उकतापछि कसरी अगाडि बढ्ने प्रट्याउँदै उनले असाधारण रुपमा पार्टी एकता भएको उल्लेख गरे । पार्टी एकताको उद्देश्य पूरा गरिएमा नै पुष्पलालप्रति सच्च श्रद्धाञ्जली हुने जनाए ।

 केही प्रतिक्रियावादी शक्तिले चुनावमा मिल्नै सक्दैनन्, पार्टी एकता हुनै सक्दैन, संविधान आउनै सक्दैन, गणतन्त्र आउनै सक्दैन भनेपनि त्यसको जवाफ दिइएको र आगामी दिनमा पनि जवाफ दिइने बताएका छन् ।

सरकारका कामलाई सुशासनमा केन्द्रित गर्ने र त्यसका लागि विकासको  मोडेल प्रस्तुत गरेर अघि बढ्ने जनाए ।  जनवादी क्रान्ति मौलिक ढंगले पूरा गरिएको जनाउँदै उनले आफूहरु पुष्पलालकै उत्तराधिकारी र सन्तती भएको बताए । 





  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार ११:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया