मेची भन्सारले उठायो साढे तीन करोड राजस्व

झापा– मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५–७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै तीन करोडभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले ५ सय ३० मुद्दा फछ्र्योट गर्दा तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए ।
 
उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४–७५ बाट सरी आएका १७ तथा गत आव २०७५–७६ मा दर्ता भएका ५ सय ३२ गरी कुल ५ सय ४९ मुद्दामध्ये ५ सय ३० फछ्र्योट भएका थिए ।

झापाका विभिन्न नाकाबाट अवैध रूपमा हुने चोरीका मुद्दामा निकासीभन्दा पैठारीका बढी हुने गरेको भन्सार मुद्दा शाखाका नायव सुब्बा छत्रबहादुर आलेमगरले बताए । चोरीपैठारीमा यातायातका साधनदेखि मोटरपार्ट्स, खाद्यान्न, इलेक्ट्रोनिक्स, लत्ताकपडा, जुत्ताचप्पललगायत सामान रहेका छन् ।
 
अवैध चोरी–पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सारबाट कर्मचारीसमेत परिचालन गरिएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए ।





  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार १५:१२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया