लोकतन्त्र रक्षाका लागि विप्लव समूह चुनौती : गृहमन्त्री

बमठमाडौं– गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र लोकतन्त्रको रक्षाको लागि विप्लव समूह चुनौती रहेको बताएका छन् ।

आर्थिक वर्ष ०७५–७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशा सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले नेपालमा विगतमा भन्दा अहिले सुरक्षा व्यवस्था सुदृढ र सुरक्षित भएको दाबी गरे ।

विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउन सरकारले प्रयास जारी रहेको, तर उनीहरू वार्ताको लागि तयार नभएको उनले बताए । उनले भने, ‘हामीले वार्तामा आउनको लागि आह्वान गरिरहेका छौँ, तर विप्लव समूहले औपचारिक वार्ताको लागि कुनै प्रस्ताव गरेको छैन ।’ 

अहिलेसम्म विप्लव समूहका ६ सय कार्यकर्ता पक्राउ परिसकेको उनले जानकारी दिए । सो संख्या फागुन ३० मा सरकारले विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएपछिको हो । 





  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार १५:२५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया