कस्मिर मामिलामा ट्रम्पको अभिव्यक्तिले भारतीय राजनीति तरंगित

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कास्मिर मामिलामा आफूसँग मध्यस्थकर्ताको भूमिका निर्वाहका लागि सहयोग मागेको अभिव्यक्ति दिएपछि भारतको राजनीति गरमागरम बनेको छ । 

ट्रम्पले मोदीको नामै लिएर कस्मिरबारे अभिव्यक्ति दिएपछि भारतीय राजनीति तातेको हो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटमा ट्रम्पले सो रहस्योद्यघाटन गरेका थिए । 

अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पार्नुपर्ने भन्दै मंगलबार संसद्का दुवै सदनमा विपक्षीले नाराबाजी गरेका छन् ।  यस विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले स्पष्टीकरण दिनुपर्ने विपक्षीको माग छ ।  

कांग्रेस नेता राहुल गान्धीले ट्विट गर्दै कश्मिरको विषयमा ट्रम्पले दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री मोदीले सत्यतथ्य बताउनुपर्ने माग गरेका छन् । उनले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पले पिएम मोदीले आफूसँग भारत र पाकिस्तानको बीचमा कस्मिर मुद्दामा मध्यस्थताका लागि आग्रह गरेको बताएका छन् । यदि यो कुरा सत्य हो भने प्रधानमन्त्री मोदीले भारतको हित र १९७२ को सिमला सम्झौतालाई धोका दिएका छन् । कमजोर विदेश मन्त्रालयको अस्वीकारले मात्रै हुँदैन । मोदीले देशलाई ट्रम्पसँगको बैठकमा के कुरा भएको हो भन्ने बारेमा जानकारी दिनुपर्छ ।’

तर, विदेशमन्त्री एस जयशंकरले भने प्रधानमन्त्री मोदीले कहिल्यै पनि अमेरिकी राष्ट्रपति ट्रम्पसँग मध्यस्थताका लागि आग्रह नगरेको स्पष्टीकरण दिएका छन् । ट्रम्पको अभिव्यक्तिबारे विपक्षीले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि विदेशमन्त्री जयशंकरले राज्यसभामा यस्तो स्पष्टीकरण दिएका हुन् । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता भी रवीश कुमारले पनि अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइको खण्डन गर्दै कहिल्यै पनि मोदीले कस्मिर मुद्दामा ट्रम्पसँग कुनै पनि प्रकारको सहयोग नमागेको दाबी गरेका थिए ।  





  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार १५:५७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया