६ अंकले उकालो लाग्याे नेप्से

काठमाडौं– धितोपत्र बजारमा आज सेयर कारोबार मापक नेप्से परिसूचक करिब ६ अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ ले बढेर २७४.४१ बिन्दुमा पुगेको छ ।

परिसूचक बढे पनि आज कारोबार रकम भने उल्लेख्यरुपमा वृद्धि हुन सकेन । सोमबारको तुलनामा कारोवार रकम वृद्धि भएको छ । कुल १६९ कम्पनीको १४ लाख ४४ हजार १९२ कित्ता सेयर रु ३६ करोड ८९ लाख ८० हजार ८६० मूल्यमा खरिद–बिक्री भए । सोमबार कुल १ सय ६६ कम्पनीको १० लाख ८४ हजार ५ सय ५३ कित्ता सेयर ३१ करोड ६६ लाख ४३ हजार ४ सय २१ मूल्यमा खरिद–बिक्री भएको थियो । 

स्टकका अनुसार कुल कारोबार भएका ११ उपसमूहमध्ये आज चार उपसमूहको सेयर ओरालो लागेको छ । यस्तै सात उपसमूहको सेयर भने वृद्धि भएको छ । होटल ३.९२, जलविद्युत् २.८, उत्पादन ४.२२ र अन्य उपसमूह ०.६५ बिन्दुले घटे । यस्तै, बैंकिङ ६.९७, विकास बैंक ४.१७, वित्त ०.४३, निर्जीवन बिमा ३८.०५, लघुवित्त २८, जीवन बिमा ५.१९ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ । 

स्टकका अनुसार आज कारोबारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको चार करोड ५१ लाख २२ हजार ३ सय ६९ मूल्यमा कारोबार भयो । नेपाल बैंक लिमिटेड तीन करोड ६१ लाख १९ हजार ४ सय ७६, नेपाल लाइफ इन्स्योरेन्स एक करोड ७३ लाख सात हजार ९ सय ७३, शिवम् सिमेन्ट एक करोड १० लाख ८६ हजार २ सय ३, प्रभु बैंक एक करोड आठ लाख ६० हजार २ सय १८ र नबिल बैंक एक करोड सात लाख ७७ हजार १ सय २३ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे । 





  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार १७:५१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया