एजेन्सी– पोर्चुगलका फुटबल स्टार क्रिश्चियानो रोनाल्डोमाथि लागेको बलात्कारको आरोप मिथ्या साबित भएको छ । १० वर्षअघि रोनाल्डोमाथि एक अमेरिकी मोडलले बलात्कारको अभियोग लगाएकी थिइन् ।
क्याथरिन मोयोर्गा नामकी ती पूर्वमोडलले रोनाल्डोले लस भेगासको एउटा होटलमा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । सो मुद्दामा नेभेडाको न्यायाधिवक्ताको कार्यालयले रोनाल्डोमाथि मुद्दा चलाउने पर्याप्त प्रमाण नभेटिएको कारण देखाउँदै उनीमाथिको अभियोग खारेज गरिदिएको छ ।
न्यायाधिवक्ताको कार्यालयले मोयोर्गामाथि कहाँ, कसले र कहिले त्यस्तो दुर्व्यवहार गरेको हो भन्ने प्रमाण जुटाउन नसकेपछि मुद्दा अघि नबढ्ने जनाएको हो ।
रोनाल्डोले भने आफूहरुले सहमतिमै सम्बन्ध राखेको र कुनै अपराध नगरेको र आर्थिक रुपमा यो मुद्दा सल्टाएको दाबी गर्दै आएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।