१४ दिन जेल बसेर छुटे एजाज

एजेन्सी– बलिउड अभिनेता एजाज खानलाई चिन्नेहरु अब त धेरै नै भइसकेका छन् । विशेषगरि उनले रियालिटी सोमा भाग लिएपछि उनका फ्यानहरु बढेका छन् । 

तिनै एजाजलाई मुम्बईको एउटा अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । यसअघि १४ दिनअघि एजाजलाई प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतमा राखेको थियो । उनी

२० जुलाइमा पक्राउ परेका थिए । उनीमाथि विभिन्न समुदायका व्यक्तिहरुलाई भड्काएको आरोप लागेको थियो । त्यसका लागि उनले सामाजिक सन्जालमा हालेका विभिन्न भिडियोलाई आधार बनाइएको थियो ।





  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार २३:५२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया