बाढीपीडितका लागि सरकारले केही गरेन : शेरबहादुर देउवा

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपीडितका लागि सरकारले उचि क्षतिपूर्ति नदिएको बताएका छन् । बुधबार संसदमा बाढीपहिरो तथा डुबानका बारेमा पार्टीले राखेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै देउवाले यस्तो बताएका हुन्।  

'बाढीपीडितहरू टहारा बनाएर बसेका छन् । खानलाई केही छैन । सरकारको पहिलो कर्तव्य बाढीपीडित हेर्ने हो । खाद्यान्न,लत्ताकपडा, ओत लाग्न पाल दिने हो काम हो । तर सरकारले केही गरेको छैन' देउवाले भने- ' रेडक्रसले, केही विदेशी संस्थाहरूले गरेका छन् तर सरकारले गरेको छैन ।’

सरकारले केही काम नगरेको आरोप लगाउँदै हेलिकोप्टबाट बाढीपीडितलाई हेरेर मात्रै नहुने बताए । उनले सरकार लाग्नु पर्ने, तात्नुपर्ने कुनै पनि ठाउँमा नलागेको बताए। 

त्यसैगरी देउवाले बाढी तथा डुबान समस्याका बारेमा भारतसँग कुटनीतिक तबरले कुरा गर्नुपर्ने बताए । उनले भने, ‘दुवै देशले एक अर्कालाई दोष दिने कुरा कतिञ्जेल चल्छ, त्यसैले भारतसँग कुरा गरेर स्थायी समाधान खोज्नुपर्छ । नभए स्थिति झन् भयावह हुन्छ ।’
 





  • प्रकाशित मिति : साउन ८, २०७६ बुधबार १५:३४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया