काठमाडाै‌ंसहित चार सहरमा ग्लोबल रिच अस्ट्रेलियन शैक्षिक मेला हुँदै

काठमाडौं– ग्लोबल रिचको आयोजनामा साउन ११ गते शनिबार काठमाडाै‌ंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा अस्ट्रेलियन शैक्षिक मेला हुने भएको छ । नेपालमा हुने गरेका अस्ट्रेलियन युनिभर्सिटी मेलामध्ये यो विश्वसनीय मेला हुने आयोजकको दाबी छ । 

शैक्षिक मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बुड्डले उद्घाटन गर्ने मेलामा विश्व सूचीमा अग्रस्थानमा रहेका अस्ट्रेलियाका ३५ विश्वविद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।

आयोजक संस्था ग्लोबल रिचका अनुसार, अस्ट्रेलियामा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीले मेलामा सहभागी विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग सिधै भेटेर विश्वविद्यालय, आफूले पढ्न चाहेको विषय तथा छात्रवृत्तिबारे छलफल गर्न सक्नेछन् । 

विगतमा जस्तै यसपटक पनि ग्लोबल रिचले उपत्यका बाहिरका तीन सहर पोखरा, चितवन र बुटवलमा अस्ट्रेलियन युनिभर्सिटी मेला आयोजना गर्दै छ ।

साउन १२ गते आइतबार पोखराको सिटी स्क्वायर बैंकेट न्युरोडमा, १३ गते सोमबार चितवनको भरतपुर गार्डेन रिसोर्टमा र १४ गते मंललबार बुटवलस्थित ग्लोबल रिचको अफिसमा मेला सञ्चालन हुने आयोजकले बताएको छ । तीनै दिनका मेला बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म चल्नेछन् । 





  • प्रकाशित मिति : साउन ८, २०७६ बुधबार २०:११:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया