अभिनेता अक्षय कुमारले प्रशंसा गरे पत्नीलाई

एजेन्सी — बलिउड अभिनेता अक्षय कुमारले पत्नी ट्विंकलको खुलेर प्रशंसा गरेका छन् । उनले भनेका छन्, ‘ट्विंकल पत्नी हुनुभन्दा पहिले नै मेरी राम्रो साथी हुन्, उनी मलाई आवश्यकताअनुसार गाइड गरिरहेकी हुन्छिन् ।’ उनले ट्विंकलले दिएका सल्लाहले आफूलाई निकै राम्रो भएको बताएका छन् । 

एक अंग्रेजी पत्रिकालाई दिएको अन्तर्वार्तामा अक्षयले भनेका छन्, ‘उनले मलाई राम्रो काम गर्नू, सबै काम गर्न आवश्यक छैन भन्ने पनि सल्लाह दिइरहेकी हुन्छिन् ।’

अहिले अक्षय आफ्नो फिल्म मिसन मंगलको प्रमोसनमा व्यस्त छन् । उनी रोहित शेट्टीको फिल्ममा पनि काम गर्दै छन् । उनका यी फिल्महरु सबै जुन २०२० मा रिलिज हुँदै छन् ।





  • प्रकाशित मिति : साउन ९, २०७६ बिहीबार १२:२९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया