ट्युनिसियाका राष्ट्रपति इसेब्सीको निधन

ट्युनिस– ट्युनिसियाका राष्ट्रपति बेनी केइड इसेब्सीको निधन भएको छ ।

९२ वर्षे राष्ट्रपति इसेब्सीको आज ट्युनिस मिलिटरी हस्पिटलमा निधन भएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ । स्वास्थ्य समस्या बढेपछि इसेब्सी हिजो अस्पताल भर्ना भएका थिए । 

गत महिना गम्भीर स्वास्थ्य संकटबाट गुज्रेका राष्ट्रपति इसेब्सी लामो समय अस्पताल बसेर फर्किएका थिए । 

इसेब्सी ट्युनिसियाका पहिलो ‘स्वतन्त्र रुपमा चुनिएका’ राष्ट्रपति हुन् । सन् २०११ मा जिन एल–एबिडिन बेन अलीको शासन पतन भएपछि भएको स्वतन्त्र चुनावी प्रतिस्पर्धाबाट उनी २०१४ को डिसेम्बरमा राष्ट्रपति बनेका थिए । उनको कार्यकाल आउँदो नोभेम्बरमा सकिँदै थियो । 





  • प्रकाशित मिति : साउन ९, २०७६ बिहीबार १६:३५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया