भारतीय टोली वेस्ट इन्डिजसँग भिड्दा कस्मिरमा 'पोस्ट ड्युटी' गरिरहेका हुनेछन् महेन्द्रसिंह धोनी

नयाँ दिल्ली– भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी वेस्ट इन्डिज जाने टिममा छैनन् । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले उनलाई दुई महिनाको छुट्टी दिएको छ । 

भारतीय टोली वेस्ट इन्डिजसँग भिड्दै गर्दा धोनी भने कस्मिरमा सैन्य तालिममा व्यस्त हुनेछन् । ३१ जुलाईदेखि १५ अगस्टसम्मको समय उनले सैन्य सेवामा खर्चनेछन् । 

धोनी भारतीय सेनाको प्यारासुट रेजिमेन्टअन्तर्गत प्याराटेरिटोरियल आर्मी बटालियनका हिस्सा हुन् । तालिमसँगै कस्मिरमा उनी जवानहरुका साथ पेट्रोलिङ, गार्ड र पोस्ट ड्युटी सम्हाल्नेछन् । 

धोनीलाई इन्डियन टेरिटोरीयल आर्मीले सन् २०११ मा ‘लेफ्टिनेन्ट कर्नेल’ उपाधि दिएको थियो । 

भारतीय मिडियाका अनुसार, धोनीले आफैँ बिसिसिआइलाई वेस्ट इन्डिज भ्रमणमा नजाने बताएका थिए । पछिल्लो समय विश्वकप–२०१९ पछि धोनीले क्रिकेटबाट सन्न्यास लिने सोच बनाएको अड्कल काट्न थालिएको छ ।

डेढ दशक लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा धोनीले भारतका तर्फबाट ३५० एकदिवसीय, ९० टेस्ट र ९८ टी–२० खेल खेलेका छन् । भारतका लागि उनले १०,७७३ रन जोडेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको औसत ५० रनभन्दा बढी छ । 





  • प्रकाशित मिति : साउन ९, २०७६ बिहीबार १८:३३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया