नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन, नेपालका लागि आठ गन्तव्य थपिए

काठमाडौं– चीनका थप आठ विमानस्थल नेपाली जहाजका लागि खुला भएका छन् । नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएसँगै ती विमानस्थल नेपाली जहाजका लागि खुला गरिएका हुन् ।  

नेपाली प्रतिनिधि र चीनका प्रतिनिधिबीच बिहीबार र शुक्रबार चीनको बेइजिङमा द्विपक्षीय वार्ता भएको थियो । सो वार्तपछि सम्झौता पुनरावलोकन भएको हो ।

अब दुवै देशका वायुसेवा कम्पनीले सातामा ९८ उडान गर्न पाउने भएका छन् । यसअघि ७० मात्रै उडान गर्न पाउने प्रावधान थियो । त्यसलाई लम्ब्याएर ९८ पुर्याइएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार बढेको २८ उडान चिनियाँ जहाजले काठमाडौंमा थप्न पाउने छैनन् । यो उडान निर्माणाधिन भैरहवास्थित गौतमबुद्ध र पोखरा विमानस्थलका लागि हो ।

नेपाली जहाजका लागि भने चीनका विभिन्न १५ गन्तव्यमा उडान गर्न सक्ने गरी गन्तव्य बढाइएको छ । यसअघि नेपालबाट ७ वटा विमानस्थलमा मात्र उडान गर्न पाउने प्रावधान रहेकोमा अब थप ८ विमानस्थलमा नेपाली कम्पनीले उडान भर्न पाउनेछन् । 





  • प्रकाशित मिति : साउन १०, २०७६ शुक्रबार १५:४९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया