निर्मलालाई न्याय माग्दै नेविसंघ सडकमा

काठमाडौं– ठीक एक वर्षअघि बलात्कार तथा हत्या गरिएकी निर्मलाको न्यायका लागि नेविसंघले सडक प्रदर्शन गरेको छ । गत वर्ष साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै संघले राजधानीमा प्रदर्शन गरेको हो ।

शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गर्दै नेविसंघले दोषी पत्ता लगाउन सरकारसँग माग गरेको छ । प्रदर्शनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाविरुद्ध नाराबाजी गरेका थिए । 

प्रदर्शनमा संघका पूर्वउपाध्यक्षद्वय नीलकण्ठ रिजाल र सागर परियार, नेताहरू जयराम दाहाल, लक्ष्मण पन्थी, पुनम भट्ट, एलिजा ढकाल, सुप्रिया जोशी, पुनम लामा, केबिना कट्टेल, राजु सुनार, दिनेश भुर्तेलसहित नेता कार्यकर्ता सहभागी थिए । 

निर्मला हत्याको एक वर्ष भइसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसकोको भन्दै आलोचना भएपछि केही दिनअघि गृहमन्त्री थापाले यस्ता घटना हिजो पनि थिए, आज पनि छ र भोलि पनि हुन्छ भनेका थिए । प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापाको राजीनामासमेत मागेका छन् । 
 





  • प्रकाशित मिति : साउन १०, २०७६ शुक्रबार १७:१२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया