नेपाललाई कुवेतको १४२ रनको लक्ष्य

काठमाडौं– आइसिसी टि–२० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा कुवेतले नेपाललाई १४२ रनको लक्ष्य दिएको छ । 

सिंगापुरमा भएको खेलमा टस जितेर नेपालले कुवेतलाई ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन जोड्यो । 

कुवेतका कप्तान मोहमद कासिफ अर्धशतक बनाउनबाट १ रनले वन्चित भए । उनले ४९ रन जोडे र नटआउट रहे । उनले खेलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए । कुवेतका लागि अडनासले २५ रन र मोहमद अस्लामले २३ रन जोडे । 

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । वसन्त रेग्मीले पनि ३ विकेट लिएको खेलमा करण केसीले २ र अविनास बोहराले १ विकेट लिए । 

आजको मात्र होइन, आइतबार सिंगापुरसँगको पनि खेल जितेमा मात्र नेपाल विश्वकप छनोटको विश्व छनोट प्रतियोगितामा पुग्नेछ ।





  • प्रकाशित मिति : साउन ११, २०७६ शनिबार ९:५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया