साताकाे सेयर बजार : दुई अर्बको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता करिब दुई अर्बबराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १७१ कम्पनीको ७१ लाख ९२ हजार ७६४ कित्ता सेयर एक अर्ब ९७ करोड ७७ लाख ९४ हजार ९ सय ३४ मूल्यबराबरको सेयर कारोबार भएको छ । 

गत बिहीबार कारोबारमापक नेप्से परिसूचक एक हजार २७२.४९ बिन्दुमा पुगी बन्द भएको बजार यस साताको अन्तिम दिन अर्थात् यही बिहीबार साउन ९ गते एक हजार २६९.९२ मा पुगी बन्द भयो । यस आधारमा हेर्दा साताभर नेप्से २.५७ बिन्दुले घटेको छ । 

साताको पहिलो दिन नेप्से परिसूचक ३.७५ बिन्दुले घटेर एक हजार २६८.७४ बिन्दुमा पुग्यो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५३ ले घटेर २७३.३० मा पुग्यो । कुल १६६ कम्पनीको ११ लाख १९ हजार ५ सय ६३ कित्ता सेयर २९ करोड ८१ लाख ५७ हजार १ सय १६ मूल्यमा खरिद–बिक्री भए ।

सोमबार सेयर कारोबारमापक नेप्से परिसूचक सामान्य अंकले उकालो लाग्यो । सो दिन नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुग्यो । नेप्से उकालो लाग्दा कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता सेयर ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरिद–बिक्री भए । 

मंगलबार नेप्से परिसूचक करिब ६ अंकले उकालो लाग्यो । सो दिन कारोबारमापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुग्यो ।  परिसूचक बढे पनि कारोबार रकम भने उल्लेख्य रुपमा वृद्धि हुन सकेन । सोमबारको तुलनामा कारोबार रकम वृद्धि भयाे । कुल १ सय ६९ कम्पनीको १४ लाख ४४ हजार १ सय ९२ कित्ता सेयर ३६ करोड ८९ लाख ८० हजार ८ सय ६० मूल्यमा खरिद–बिक्री भए । 

बुधबार कारोबारमापक नेप्से परिसूचक उकालो लाग्यो । सो दिन परिसूचक ६.९० अंकले बढेर एक हजार २८४.०७ मा पुग्यो ।  परिसूचक बढे पनि कारोबार रकममा उत्साह देखिएन ।  कुल १७० कम्पनीका १३ लाख ४६ हजार ३ सय ३० कित्ता सेयर ४४ करोड ३४ लाख ८१ हजार ३ सय ९१ मा खरिद–बिक्री भए । 



गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ९.१३, मिथिला लघुवित्त वित्तीय संस्था ८.५०, दिव्यश्वरी हाइड्रोपावर ७.८१, सामुदायिक लघुवित्त वित्तीय संस्था ७.६९ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.६८ प्रतिशतले कमाए । 

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि सेयर कारोबारमा गुणात्मक सुधार आउने अपेक्षामा रहेका लगानीकर्ता बिहीबार निराश भए । सेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गरेको थियो । 



सो दिन नेप्से परिसूचक १४.१५ अंकले घटेर एक हजार २६९.९२ मा पुगेको छ । प्रतिशतका आधारमा परिसूचक १.१० प्रतिशतले घटेको हो । यस्तै, ठूला कम्पनीका सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.६६ अंकले घटेर २७३.४७ मा पुगेको छ । परिसूचक ओरालो लागे पनि कारोबार रकममा भने सुधार देखियो । कुल १ सय ७१ कम्पनीका २१ लाख ९८ हजार १ सय २६ कित्ता सेयर ५५ करोड पाँच लाख ३२ हजार १ सय ४६ मूल्यमा खरिद–बिक्री भए ।

  • प्रकाशित मिति : साउन ११, २०७६ शनिबार १८:३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया