Sun, 20 Oct, 2019


नेपाललाई सिंगापुरको १९२ रनको लक्ष्य
फरकधार / साउन १२, २०७६

काठमाडौं– टि–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा सिंगापुरले नेपाललाई १९२ रनको लक्ष्य दिएको छ । 



जवाफी ब्याटिङमा उत्रिएको नेपालले पाँच ओभरमा ४७ रन बनाउँदै एक विकेट गुमाएको छ । 

टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको हो । यो विशाल लक्ष्य भेट्ट्याउन नेपालका ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर अहिले क्रिजमा छन् । 

सिंगापुरका लागि टिम डेभिड एक्लैले ७७ रनको योगदान दिएका थिए । नेपालका अविनास बोहोराले चार विकेट र करण केसीले २ विकेट लिएका थिए ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्