[चीनमा पहिरो] २० घर पुरिँदा ३६ को मृत्यु, १५ बेपत्ता, ४० जनाको उद्धार

बेइजिङ– दक्षिणी चीनको एक गाउँमा पहिरोमा परी कम्तीमा ३६ जनाले ज्यान गुमाएका छन् भने १५ जना हराइरहेका छन् ।

गोन्झाउ प्रान्तको एक गाउँमा भारी वर्षासँगै आएको पहिरोले २० घर पुरेको थियो । पहिरोमा परेका अन्य ४० जनाको उद्धार गरिएको स्थानीय अधिकारीहरुले सिन्ह्वा न्युज एजेन्सीलाई बताएका छन् । 

सिन्ह्वाका अनुसार, सरकारले पहिरोपीडितको उद्धार र पुनर्वासका लागि ३ करोड युआन (झन्डै ५० करोड नेपाली रुपैयाँ) छुट्याएको छ । उद्धारकार्य र प्राथमिक उपचार सहज होस् भनेर स्थानीय एक स्कुलमा क्याम्प खडा गरिएको छ । 





  • प्रकाशित मिति : साउन १२, २०७६ आइतबार १९:१६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया