हेग पुर्याए आफू विश्वको हिरो बन्ने प्रचण्डकाे भनाइ

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसैले नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालतमा पुर्याए आफू विश्वको हिरो बन्ने बताएका छन् । आफूलाई हेग लगेर झुन्ड्याउने भन्नेबारे कुरा सुनेको बताउँदै उनले यस्तो बताएका हुन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा छाडेर आएकाहरूलाई सोमबार बिहान खुमलटारस्थित निवासमा पार्टीमा स्वागत गर्दै प्रचण्डले यस्तो बताएका हुन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने पार्टी नेताहरूलाई बदनाम गर्न र सिध्याउन प्रतिक्रियावादीहरू लागेको बताउँदै उनले षड्यन्त्र र प्रचार बढी भएको उल्लेख गरे । 

एकजनाले आफूलाई १३ हजार मानिस मारेको भनेर झुन्ड्याउने, हेग लिएर जेल हाल्ने कुरा गरेको उल्लेख गर्दै उनले भने, ‘मलाई हेग लगे पनि केही फरक पर्दैन । त्यो त मेरा लागि गर्वको कुरा हुन्थ्यो, किनकि विश्वभरका मानिसले एकैसाथ चिन्थे। यो त शान्तिको पक्षमा रैछ, न्यायको पक्षमा रैछ भन्थे। म विश्वभर हिरो हुन्थेँ ।’

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र रहुन्जेल संसारको जुनसुकै कुनामा लगे पनि केही फरक नपर्ने बताउँदै उनले अहिलेको व्यवस्था नै रहेन भने देश नै खतरामा पर्ने उनले बताए ।

विप्लव पनि ढिलो–चाँडो नेकपामा मिसिन आउने बताउँदै प्रचण्डले नत्र सिद्धिनेबाहेक उनीसँग अर्को विकल्प नरहेको जिकिर गरे । 





  • प्रकाशित मिति : साउन १३, २०७६ साेमबार १५:५५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया