कांग्रेस र राजपाको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदहरुको अवरोधका कारण प्रतिनिधिसभाको सोमबारको बैठक स्थगित भएको छ । संसदीय समिति गठनको माग राख्दै प्रमुख प्रतिपक्षी कांग्रेस र राजपाका सांसदले आसनबाट उठेर विरोध जनाएका थिए । 

प्रतिपक्षीको माग सुनुवाइ नगरी सभामुख कृष्णबहादुर महराले बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्ने बताएपछि कांग्रेस र राजपाका सांसदले सभामुखको आसन अगाडिको रोस्ट्रममा नै पुगेर नाराबाजी गरेका थिए ।

प्रतिपक्षी दलले गत असारमा प्रहरी कारबाहीमा मारिएका विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु, सर्लाहीमै स्थानीयवासी र प्रहरीको झडपका क्रममा केवल महतोको मृत्युको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेका हुन् ।

प्रतिपक्षीको अवरोधपछि सभामुख महराले सांसदहरुले उठाएको विषयमा सरकार र सदनको ध्यानाकर्षण भएको भन्दै संसद् चल्न दिन आग्रह गरेका थिए । लगातार ४० मिनेटको नाराबाजीपछि सभामुख महराले साउन १५ गते दिउँसो ११ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका थिए । 





  • प्रकाशित मिति : साउन १३, २०७६ साेमबार १६:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया