चीन र अमेरिकाबीच मंगलबार सांघाईमा वार्ता हुने

बेइजिङ– विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीच व्यापार युद्ध समाप्त गर्ने विषयमा मंगलबार पुनः वार्ता हुने भएको छ । 

यसअघि दुई महिना अगाडि भएको पहल विफल भएपछि मंगलबार फेरि दुई पक्षबीच व्यापार युद्ध समाप्त गर्ने विषयमा वार्ता हुन लागेको हो ।
 
चीनको प्रविधि कम्पनी हुवावेमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि दुई देशबीच तनाव बढेको थियो । उत्पन्न तनावका कारण दुई देशबीच  व्यापारमा निकै परेको छ ।  

मंगलबार र बुधबार सांघाईमा हुने वार्तामा अमेरिकाका तर्फबाट वित्तमन्त्री स्टिवन म्नुचिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटाइजरले प्रतिनिधित्व गर्नेछन् । वार्ताम चीनका तर्फबाट कसलाई प्रतिनिधित्व गराउने भन्नेबारे खुलाइएको छ । 
 
गत जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच पसनः वार्ता सुरु गर्नेबारेमा सम्झौता भएको थियो । 





  • प्रकाशित मिति : साउन १३, २०७६ साेमबार १७:१७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया