भक्तपुरमा प्रेमी–प्रेमिकाले गरे झुन्डिएर आत्महत्या

काठमाडौं– भक्तपुरमा मंगलबार एक जोडी प्रेमी–प्रेमिकाले आत्महत्या गरेका छन् । महानगरीय प्रहरी वृत्त थिमीका अनुसार बोडेमा बस्दै आएका सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षीय जीवन तामाङ र रामेछापकी १८ वर्षकी मंगली घिसिङले कोठामा झुन्डिएर आत्महत्या गरेका हुन् । 

जीवन विवाहित पुरुष हुन् । उनकी दुई वर्षकी एक छोरी र श्रीमती छन् । मंगलीसँगको प्रेम सम्बन्ध थाहा पाएपछि श्रीमती रितु तामाङले प्रहरीमा उजुरी दिएकी थिइन् । रितुको उजुरीकै आधारमा श्रीमान–श्रीमतीबीच मिलापत्र भई श्रीमती र छोरीसँग मिलेर बस्ने सहमति उनीहरुले गरेका थिए । 

सवारी चालक रहेका जीवन र प्रेमिका घिसिङको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको र अनुसन्धान जारी रहेको भक्तपुर प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १४, २०७६ मंगलबार १५:४२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया