Fri, 20 Sep, 2019


कलंकी गोलीकाण्डका अभियुक्त हतियारसहित पक्राउ
फरकधार / साउन १४, २०७६

काठमाडौं– प्रहरीले कलंकी गोलीकाण्डमा शंकास्पद एक अभियुक्तलाई दुईवटा हतियारसहित पक्राउ गरेको छ । 



पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा सोमबार गोली प्रहार भएको घटनामा संलग्न भएको आरोपमा शर्माकै छिमेकी शोभाकर ढकाल पक्राउ परेका हुन् । सिकार खेल्न प्रयोग हुने दुईवटा राइफलसहित उनलाई मंगलबार मध्याह्न पक्राउ गरिएको हो ।

ढकालको घरमा तलासी लिँदा प्रहरीले २२ र १२ बोर राइफल बरामद गरिएको स्रोतले जनायो ।  प्रहरी स्रोतका अनुसार दुवै राइफल इजाजतप्राप्त हुन् ।

यसबारे विस्तृत खुलाइएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्