पक्राउ परे डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठ

काठमाडौं– प्रहरीले डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । श्रेष्ठविरूद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी  गरेकाे थियाे ।

श्रेष्ठविरुद्ध महानगरीय प्रहरी कार्यालय काठमाडौंको अनुरोधमा प्रहरीले गत माघ १५ गते डिफ्युजन नोटिस जारी गरेको थियो । उनी बैंकिङ कसुर मुद्दामा फरार रहेका थिए ।

श्रेष्ठले काठमाडौं दरबारमार्गस्थित डेजाभु लाउन्ज कम्पनी मर्मत गर्न विश्वराम श्रेष्ठबाट दुइ करोड रुपैयाँ लिएको तर रकम पीडितलाई फिर्ता गर्दा कम्पनीको नाममा रहेको दुइ करोडको चेक दिएका थिए, जुन खातामा पैसा थिएन । श्रेष्ठलाई हङकङबाट नेपाल आउने क्रममा विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

खातामा रकम नभएपछि  विश्वरामले  महानगरीय प्रहरी परिसर, काठमाडौंमा गत पुस १३ गते  बैंकिङ कसुर अपराधमा जाहेरी दर्ता गरेका थिए । पक्राउ परेका श्रेष्ठलाई थप आवश्यक कारबाहीका लागि परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।





  • प्रकाशित मिति : साउन १४, २०७६ मंगलबार १६:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया