एजेन्सी– बलिउडमा अर्को एउटा जोडीले सम्बन्धविच्छेद गर्ने निर्णय गरेको छ । यो जोडी हो, दिया मिर्जा र उनका पति साहिल संघाको । दिया र साहिलले आपसी सल्लाहमा नै यो निर्णय गरेको बताएका छन् । एकअर्कासँग छुट्टिए पनि आफूहरु एक अर्काका साथी चाहिँ रहिरहने दियाले बताएकी छिन् ।
दियाले यो खबर आफ्नो इन्स्टाग्रामबाट दिएकी हुन् ।
उनले आफ्नो पोस्टमा लेखेकी छिन्– ११ वर्ष सँगै रहेपछि हामीले एकअर्कासँग छुट्टिने निर्णय गरेका छौँ । एकअर्कासँग छुट्टिए पनि हामी एकअर्काका साथी चाहिँ रहिरहनेछौँ ।
यी दुईले सन् २०१४ मा विवाह गरेका थिए । यी दुई एकअर्काका बिजनेस पार्टनर पनि हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।