मलेसियामा आममाफीको कार्यक्रम लागु

काठमाडौं– गैरकानुनी रुपमा मलेसियामा बसेर काम गरिरहेका आप्रवासीलाई आममाफी दिने मलेसियाली सरकारको निर्णय आजबाट सुरु भएको छ । पाँच महिनासम्म हुने यो अभियानमा अवैधानिक रुपमा बसेर काम गरिरहेकाहरुले आफ्नो देश फर्किन सहज रुपमा पाउने छन् । 

मलेसियामा ५० हजार नेपाली गैरकानुनी रुपमा रहेको अनुमान छ । मलेसियास्थित नेपाली दूतावासले अवैधानिक रुपमा त्यहाँ बसेका, यात्रा अनुमतिपत्र नभएका वा आफू काम गर्न गएको कम्पनीमा काम नगरी अन्यत्र काम गरिरहेकाहरुलाई आफ्नो सम्पर्कमा आउन अनुरो गरेको छ ।  

अब मलेसियामा बस्न नचाहने कामदारले १८ हजार रुपैयाँमात्र जरिवाना तिरेर नेपाल फर्किन सक्नेछन् । यसरी नेपाल फर्किन चाहनेहरुले आफ्नो हवाइ भाडा चाहिँ आफैं व्यहोर्नु पर्ने दूतावासले जनाएको छ । 

जरिवाना तिरेर यात्रा अनुमति पाएकाहरुले चाहिँ सात दिनभित्र मलेसिया छोडिसक्नु पर्ने हुन्छ । 

बिहिबारदेखि मलेसियाली सरकारले गैरकानुनी रुपमा त्यहाँ बसिरहेकाहरुलाई धरपकड गर्ने छैन । 

अहिले मलेसियामा पाँच लाखभन्दा धेरै नेपालीले काम गरिरहेको श्रम तथा रोजगार मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।





  • प्रकाशित मिति : साउन १६, २०७६ बिहीबार १४:२०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया