यम (प्लुटो)ले पुनः पायो ग्रहको मान्यता

एजेन्सी– सन् २००६ सालदेखि ग्रहको मान्यता नदिइएको आकाशीय पिण्ड यम (प्लुटो)ले पुनः ग्रहको मान्यता पाएको छ । 

लामो समयदेखि ग्रहको रुपमा दर्जा पाएको प्लुटोलाई वैज्ञानिकहरूको संस्था इन्टरनेसनल एस्ट्रा्नोमिकल युनियन (आइएयू)ले सन् २००६मा ग्रहको मान्यताबाट हटाएका थिए ।

इन्टरनेसनल एस्ट्रा्नोमिकल युनियन (आइएयू)ले भर्खरै यमलाई एक मुख्य ग्रहका रुपमा वर्गीकृत भएको घोषणा गरेको छ । जुन संस्था ब्रह्माण्डका वस्तुको वर्गीकरणको जिम्मेवार संस्था हो । 

सौर्यमण्डलको नवौँ ग्रहका रुपमा लामो समयदेखि स्थापित यो ग्रहले बुध, शुक्र, पृथ्वी, मंगल, वृहस्पति, शनि, अरुण, वरुणकै स्तरको मान्यता पुनः पाएको छ । सन् २००६ मा सौर्यमण्डलका नवौँ ग्रहबाट यमलाई हटाएर यसलाई क्षुद्र ग्रहका रूपमा परिभाषित गरिएको थियो । 

सन् २००६ मा यमलाई सौर्यमण्डलको पूर्ण सदस्य ग्रहको मान्यताबाट विस्थापन गर्दै क्षुद्र ग्रह घोषणा भएपछि ठूलो आक्रोश पैदा भएको थियो । सोही निर्णयका कारण आलोचित भएको आइएयूले १३ वर्षपछि आफ्नो निर्णयमा पुनर्विचार गरेको हो ।





  • प्रकाशित मिति : साउन १६, २०७६ बिहीबार १४:४६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया