चोरीको मोटरसाइकलसहित तीनजना पक्राउ

काठमाडौं–  दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट चोरीको मोटरसाइकलसहित तीनजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मकवानपुर नौखण्टेका २० वर्षीय अनिल लामा, मकवानपुर इन्द्रसरोवर गाउँपालिका– ४ का १७ वर्षीय जीवराज तामाङ र काठमाडौँ चन्द्रागिरि नगरपालिका–९ का १८ वर्षीय सन्दीप तामाङ रहेका छन् ।

चोरी गरी ल्याउँदै गरेको बा३६प ८६९३ र बा७२प ९६७० नंको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।





  • प्रकाशित मिति : साउन १६, २०७६ बिहीबार १७:३६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया