Tue, 12 Nov, 2019


किन सर्वोच्च गयो प्रदेश २ सरकार ?
फरकधार / साउन १६, २०७६

जनकपुरधाम– प्रदेश २ सरकार संघीय सरकारविरुद्ध सर्वोच्च अदालत गएको छ । संविधानअनुसार अधिकार नदिएको भन्दै प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज सर्वोच्चमा मुद्दा दायर गर्यो ।



मन्त्रालयले दायर गरेको रिटमा संविधानअनुसार राष्ट्रिय वनको संरक्षण र व्यवस्थापनको अधिकार प्रदेश सरकारको भए पनि राष्ट्रिय वनको रूपमा रहेको सागरनाथ वन विकास परियोजनालाई संघीय सरकारले बलजफ्ती कम्पनीमा रुपान्तरण गरी आफ्नो मातहतभित्र ल्याउन खोजेको उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाएर दायर गरिएको रिटमा उत्प्रेषण, प्रतिषेध र परमादेशसमेत माग गरिएको छ ।

रिटमामा वादीका तर्फबाट प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले शुक्रबार बहस गर्नेछन् । दुईवर्षे संघीयताको अभ्यासमा प्रदेश सरकारले संघीय सरकारविरुद्व मुद्दा दायर गरेको यो पहिलोपटक हो ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्