एउटा गाउँ जहाँ ९ वर्ष यता छोरीमात्र जन्मिएका छन् !

एजेन्सी– पोल्यान्ड र चेक रिपब्लिकको सीमामा पर्ने एउटा गाउँ छ, मिजेस्के ओद्रजेनस्की । यो गाउँ अहिले विश्वका सन्चारमाध्यममा स्थान बनाइरहेको छ । किनकि नौ वर्ष यता यो गाउँमा छोरा जन्मिएका छैनन्, छोरीमात्र जन्मिएका छन् । 

यो गाउँमा अन्तिम पटक सन् २०१० मा एक छोरा जन्मिएका थिए । तर, उनको परिवारले पनि तत्काल गाउँ छोडेर गएको थियो । त्यसैले यो गाउँका सबैभन्दा कान्छा छोरा भनेका अब १२ वर्षका भएका छन् ।

यसको अर्थ के होइन भने यो गाउँमा कोही पनि जन्मिएका छैनन् । छोरीहरुको जन्म भइरहेको छ। त्यसैले पनि अब त्यहाँका मेयरले त्यो परिवारलाई उपहार दिने बताएका छन्, जुन परिवारमा छोराको जन्म हुन्छ । 

गाउँमा किन छोरा जन्मिएका छैनन् भन्ने कसैलाई थाहा त छैन तर मेयरले उपहार दिने घोषणा गरिसकेपछि एक विश्वविद्यालयले यहाँ अनुसन्धान गर्ने भएको छ । 





  • प्रकाशित मिति : साउन १७, २०७६ शुक्रबार १२:१०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया