साउन महिनाभित्र पार्टी एकता टुंगिने माधव नेपालकाे दाबी

चितवन– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले साउन महिनाभित्र पार्टी एकता टुंगिने गरी काम भएको बताएका छन् । शुक्रबार पत्रकारसँगको कुराकानीमा उनले पार्टी एकता चाँडोभन्दा चाँडो टुंग्याउने गरी काम भइरहेको बताएका हुन् ।

एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुंग्याउन आवश्यक परेकामा जोड दिँदै नेता नेपालले भने, ‘पार्टीभित्र विवाद र बहस हुन्छन्, ती सबैलाई व्यवस्थापन गरेर पार्टी एकता टुंग्याउनुपर्छ ।’

सरकारका काम कारबाहीका विषयमा पार्टीभित्रको अनुगमन प्रणालीलाई दह्राे बनाएर काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘ढिलासुस्ती गर्ने, काम नगर्ने, बदमासी गर्ने र भ्रष्टाचार गर्नेलाई कारवाही गर्दै अघि बढ्नुपर्छ । दण्डहीनतालाई प्रश्रय दिने हो भने यथास्थितिमा सुधार गर्न सकिँदैन ।’





  • प्रकाशित मिति : साउन १७, २०७६ शुक्रबार १४:४३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया