परराष्ट्रमन्त्री ज्ञवाली र मोरक्कोका राजदूतबीच शिष्टाचार भेट

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले परराष्ट्र मन्त्रालयमा शुक्रबार शिष्टाचार भेट गरे ।

त्यस अवसरमा उनीहरुबीच नेपाल–मोरक्को सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । 

नेपालमा स्थायी सरकार गठन भएसँगै लगानीको वातावरण तयार भएकाले मोरक्कोका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न र चार महिनापछि सुरु हुने नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमणका निम्ति मोरक्कोका नागरिकलाई अभिप्रेरित गर्न मन्त्री ज्ञवालीले आग्रह गरे ।
    
उनले बहुपक्षवादलाई प्रवर्द्धन गर्दै नेपाल र मोरक्कोबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा दुई देशबीच साझेदारी एवं सहकार्य भइरहेको बताए ।





  • प्रकाशित मिति : साउन १७, २०७६ शुक्रबार १६:२९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया