टाउको दुखिरहन्छ ? तपाईंलाई माइग्रेन पनि हुन सक्छ

टाउको दुखेको अनुभव नै नभएको मानिस को होला ? टाउको दुख्नुका पछाडि धेरै कारण छन् । टाउको दुख्दै जाँदा कहिलेकाहीँ यसले खतरनाक मोड लिन पनि सक्छ ।

निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना हुन्छ । कहिलेकाहीँ रुघाखोकी, ज्वरो, पिनासका कारणले पनि टाउको दुख्ने गर्दछ । निरन्तर टाउको दुख्नुको अर्को कारण माइग्रेन पनि हो ।

के हो माइग्रेन ?

लामो समयसम्म लगातार एकनासले टाउको दुखिरहन्छ भने माइग्रेन भएको पनि हुन सक्छ । नसाको कमजोरीका कारण माइग्रेन हुने गर्छ । माइग्रेन हुँदा एक्कासि टाउको दुखाइ सुरु भएर लामो समयसम्म दुख्ने गर्दछ । जटिल खालको माइग्रेन हुँदा हात–खुट्टा नचल्ने, आँखा दुख्ने झम्झमाउनेजस्ता लक्षण देखा पर्दछन् ।

मस्तिष्कभित्र रक्तसञ्चार गर्ने नसा कुनै कारणले फुल्न थाल्छ, अनि टाउको दुखाइको मात्रा बढ्दै जान्छ । यो न्यरोलोजिकल समस्या हो । शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादनका कारण पनि माइग्रेन हुने गर्दछ ।

यसकारण हुन्छ माइग्रेन



–माइग्रेन वंशानुगत रूपमा पनि हुन्छ ।

–मस्तिष्कमा जैविक रसायनको असन्तुलन हुँदा टाउको दुख्ने गर्दछ । माइग्रेन हुँदा मस्तिष्कको काममा परिवर्तन हुने गर्दछ । जसले गर्दा रक्तनली तथा मस्तिष्कवरिपरिका नसा सुन्निने गर्दछन् ।



– व्यापक हल्ला पनि माइग्रेनको कारण बन्न सक्छ । अधिक प्रकाश र अत्यधिक गर्मीले पनि माइग्रेन हुन्छ ।

–महिलाको शरीरमा प्रमुख हर्मोन परिवर्तनका कारण पनि माइग्रेन हुने गर्दछ । गर्भावस्था, महिनावारीको समय, महिनावारी सुक्ने समयमा महिलाको हर्मानल परिवर्तन हुने गर्छ । जसको कारण पनि टाउको दुख्ने गर्दछ । एक अध्ययनअनुसार माइग्रेनबाट पुरुषको तुलनामा महिला बढी प्रभावित हुन्छन् ।

–बढी मानसिक तनाव, चिया–कफीको अधिक सेवन, खानपानका कारण पनि माइग्रेन हुने गर्दछ ।

 

लक्षणहरू :

–माइग्रेन एउटा क्रोनिक (लामो समयसम्म लागिरहने) रोग हो । जसले गर्दा यसका लक्षण वेलावेलामा बल्झिरहने हुन्छ । माइग्रेन भएपछि यो रोग पूर्ण रूपमा निको हुन लामो समय लाग्न सक्छ ।

–टाउकोको नसा धड्किरहेको जस्तो हुन्छ । अचानक टाउको एक भागबाट दुख्न सुरु गर्दछ । बिस्तारै टाउकाको पूरै भाग दुख्ने गर्दछ ।

–माइग्रेनको टाउको दुखाइले मानिसलाई छटपटी बनाउने गर्दछ ।

–माइग्रेन हुँदा बिरामीलाई आँखा दुख्नुका साथै बान्तासमेत हुने गर्दछ ।

–यस्तो समस्या भएको मानिस प्रकाश, ध्वनि र गन्ध परिवर्तनप्रति निकै संवेदनशील हुन्छन् ।

 

रोकथामका उपाय :

माइग्रेनको रोकथाम दुई किसिमबाट गर्न सकिन्छ । औषधि सेवन र जीवशैलीमा परिवर्तन । टाउको सहनै नसक्ने गरी दुखेमा डाक्टरको सल्लाह लिनुपर्दछ र कम गर्ने औषधि सेवन गनुपर्दछ । त्यसैगरी, शारीरिक व्यायाम गने, धूमपान, मध्यपान नगर्ने, स्वस्थकर खानेकुरा खानेजस्ता सावधानी अपनाएमा माइग्रेनबाट जोगिन सकिन्छ ।

  • प्रकाशित मिति : साउन १७, २०७६ शुक्रबार २०:५२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया