रोनाल्डोका फ्यान हुन् विराट कोहली

एजेन्सी– भारतीय क्रिकेटर विराट कोहली फुटबलर क्रिस्टियानो रोनाल्डोसँग प्रेरणा लिन्छन् । उनले पछिल्लो समय फिफा डटकमसँग कुराकानी गर्दै अनुशासनको विषयमा रोनाल्डोले अर्जेन्टिनी फुटबलर लियोनल मेसीको चुनौतिलाई सामना गरेको बताएका छन् । 

त्यसो फिटनेसको सन्दर्भमा यी दुई खेलाडी, रोनाल्डो र कोहली बारम्बार चर्चामा आइरहेका हुन्छन् । रोनाल्डोबारे कोहलीले भनेका छन्, ‘मेरालागि रोनाल्डो सधैं प्रेरक हुन्छन् । उनको प्रतिबद्धता तथा अनुशासनको विषयबारे चर्चा गर्न मसँग शब्द नै छैनन् । उनी सधैं खेलमा अनुशासित छन् । म त्यही क्लबलाई समर्थन गर्छु, जसका लागि उनी खेलिरहेका हुन्छन् ।’

उनले रोनाल्डो र मेसीको तुलना पनि गरेका छन् । उनले भनेका छन्, ‘मेसीको तुलनामा रोनाल्डोको करिअर ग्राफ सधैं राम्रो छ ।’ उनले रोनाल्डोले धेरै चुनौतिको सामना गरेको र सधैं सफल रहेको पनि बताएका छन् । 

‘उनी पर्फेक्ट खेलाडी हुन्,’ कोहलीले भनेका छन्, ‘उनी कप्तान पनि हुन् । उनको आत्मविश्वास देखेर म कायल छु, यस्तो सबै मानिसले गर्न सक्दैनन् ।’





  • प्रकाशित मिति : साउन १७, २०७६ शुक्रबार २२:३०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया