काठमाडौं– तनहुँ र मकवानपुरबाट विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका ३ नेता–कार्यकर्ता पक्राउ परेका छन् ।
तनहुँ प्रहरीले विप्लव नेकपाका जिल्ला कमिटी सदस्य गणेश थापा क्षत्री र एरिया कमिटी सदस्य धनबहादुर रानालाई शुक्रबार पक्राउ गरेको जनाएको छ ।
यस्तै, मकवानपुर प्रहरीले विप्लवका मजदुर नेता भीमप्रसाद गौतमलाई नियन्त्रणमा लिएको बताएको छ । प्रहरीका अनुसार, गौतमलाई हेटौँडा उपमहानगर १४ बाट नियन्त्रणमा लिइएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।