अमेरिकामा भएको अन्धाधुन्ध गोली प्रहारबारे के भन्छ प्रहरी ?

एजेन्सी– अमेरिकाको टेक्सस राज्यको अल पासो सहरमा अन्धाधुन्ध गोली चलाइँदा २० जनाको मृत्यु भएको छ । दुई दर्जनभन्दा बढी घाइते भएका छन् । 

टेक्ससको स्थानीय प्रशासनका अनुसार यो गोलीबारी शनिबार अल पासोमा सपिङ मलमा भएको थियो । 

अल पासोका प्रहरी प्रमुख ग्रेग एलनका अनुसार २६ मानिसहरु घाइते भएका छन् । एलनले मारिने र घाइते हुनेहरु सबै उमेर समूहको भएको बताएका छन् । 

२१ वर्षका एक युवाले यो गोली चलाएको उनले बताएका छन् । ती युवा अहिले प्रहरी हिरासतमा छन् । उनी डलासको भएको र उनीविरुद्ध प्रहरीले फाँसीको सजायका लागि प्रक्रिया अगाडि बढाएको बताएको छ । 

ग्रेग एलनले चाहिँ यो घटना राजनीतिक नस्लभेदी अपराध भएको बताएका छन् । 



घटनामा तीन मेक्सिको नागरिक मारिएका छन् । मेक्सिकोका ६ नागरिक घाइते भएको मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेजले ट्विटरमा लेखेका छन् ।

प्रहरीले आक्रमणकारीले एउटा राइफल प्रयोग गरेर अन्धाधुन्ध प्रहार गरेको बताएका छन् । आक्रमण गरिएको सपिङ मल वालमार्टले घटनाबाट निकै दुखी भएको विज्ञप्ति निकालेको छ । 



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै यो घटनाको निन्दा गरेका छन् । 


  • प्रकाशित मिति : साउन १९, २०७६ आइतबार ११:४९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया