अमेरिकामा २४ घन्टा नबित्दै अर्को अन्धाधुन्ध गोली प्रहार, नौको मृत्यु

एजेन्सी– टेक्ससको एउटा सपिङ मार्टमा अन्धाधुन्ध गोली प्रहार भएको २४ घन्टा नबित्दै अमेरिकाको ओहायो राज्यको डेटनमा फेरि अन्धाधुन्ध गोली प्रहार भएको छ । घटनामा कम्तिमा नौ जनाको मृत्यु भएको छ । 

यसअघि शनिबार टेक्ससमा भएको घटनामा २० जनाको मृत्यु भएको थियो । 

ओहायोमा स्थानीय समयअनुसार राति १ बजे ओरेगन जिल्लाको एउटा बारमा अन्धाधुन्ध गोली प्रहार भएको छ । 

त्यहाँ घाइते भएकाहरुलाई विभिन्न अस्पतालमा लगिएको अमेरिकी सन्चारमाध्यमले जनाएका छन् । 

सामाजिक सन्जालमा राखिएका विभिन्न भिडियोमा मानिसहरु दौडिएको र दर्जनौँ पटक बन्दुक पड्किएको आवाज सुन्न सकिन्छ । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
 






  • प्रकाशित मिति : साउन १९, २०७६ आइतबार १४:२८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया