पूर्वमन्त्री तप्तबहादुर विष्टलाई हृदयाघात

काठमाडौं– पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई हृदयाघात भएको छ ।

नेपालगन्जबाट बुद्धएयरमार्फत काठमाडौं आउँदै गर्दा विष्टलाई हवाईजहाजमै हृदयाघात भएको हो । 

पूर्वमन्त्रीलाई अचानक ५ः१० बजे हृदयाघात भएपछि जहाज भैरहवामा आकस्मिक अवतरण गरिएको थियो । 

अहिले उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

विष्ट शेरबहादुर देउवाकाे पालामा सूचना तथा सञ्चार राज्यमन्त्री भएका थिए ।





  • प्रकाशित मिति : साउन १९, २०७६ आइतबार १८:१२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया