सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, अमेरिकी बैंकले ब्याजदर घटाएकाले मूल्य बढ्यो– व्यवसायी महासंघ

काठमाडौं– आज सुनको मूल्य हिजोभन्दा प्रतितोला १५ सय बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको नेपालमा कारोबार भएको यो इतिहासकै उच्च मूल्य हो ।

शनिबारभन्दा ५ सय बढेर आइतबार छापावाल सुन ६६ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । शुक्रबार प्रतितोला ६५ हजार ८ सय रहेको सुनको मूल्य पछिल्लो दुई दिनमा मात्रै प्रतितोला २ हजारले बढेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार ९ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २० रुपैयाँ बढेर ९ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढ्नुको मुख्य कारण अमेरिकाको फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउनु हो । चीन–अमेरिका व्यापार युद्धले पनि सुनको मूल्यमा असर पारेको विश्लेषकहरु बताउँछन् । 





  • प्रकाशित मिति : साउन २०, २०७६ साेमबार १४:४७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया