काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली टी–ट्वान्टी क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को अनुमतिको प्रतीक्षामा छ । आइसिसीले अनुमति दिए नेपालले आगामी असोजमा टी–ट्वान्टी क्रिकेट खेल्ने भएको छ ।
असोजको तेस्रो साता ओमन क्रिकेटको आयोजनामा ६ राष्ट्र आबद्ध टी–ट्वान्टी क्रिकेट सुरु हुँदै छ । आइसिसीबाट अनुमति पाएमा नेपालले आयोजक ओमानसहित नेदरल्यान्ड, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
क्यान निलम्बनपछि आइसिसीले नेपालको क्रिकेट आफैँ हेरिरहेको छ । सहभागिताका लागि ओमनले पत्राचार गरे पनि नेपालले आइसिसीले अनुमति दिएपछि मात्रै सहभागिता निश्चित गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।