४८ लाख बुझाएर धरौटीमा छुटे उपकुलपति रौनियार

काठमाडौं– घुससहित पक्राउ गरेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्राडा राजकुमार रौनियार र डा. रामहरि रौनियार धरौटीमा छुटेका छन् ।

आज विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले दुवैलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालत स्रोतका अनुसार, इजलासको आदेशबमोजिम राजकुमारले ४८ लाख र रामहरिले ४ लाख रुपैयाँ धरौटी बुझाइसकेका छन् । 

२६ असारमा गिना कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशनक सुशीलकुमार झासँग ८ लाख रुपैयाँ घुस लिँदै गर्दा उनीहरु पक्राउ परेका थिए । ९ साउनमा आयोगले उपकुलपति राजकुमारविरुद्ध १ करोड २८ लाख र रामहरिविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 





  • प्रकाशित मिति : साउन २१, २०७६ मंगलबार २०:४२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया