‘उत्तर कोरियाले साइबर हमला गर्दै, पैसा चोर्दै छ’

एजेन्सी– संयुक्त राष्ट्र संघको एउटा रिपार्टले पछिल्लो समय उत्तर कोरियाले साइबर आक्रमण बढाएको र आफ्नो हतियार कार्यक्रमलाई कोष जुटाइरहेको निष्कर्ष निकालेको छ । 

यो राष्ट्रसंघको ‘लिक’ भएको रिपोर्ट हो । रिपोर्टका अनुसार उत्तर कोरियाले वित्तिय संस्थाहरु त्था क्रिप्टो करेन्सी एक्सचेन्जलाई निशाना बनाएर करिब दुई अर्ब डलर चोरिसकेको छ । 

बिबिसीले लेखेको समाचारअनुसार संयुक्त राष्ट्रसंघका अधिकारीहरुले उत्तर कोरियाले कम्तिमा पनि ३५ विभिन्न साइबर हमला गरेको उल्लेख गरिएको छ । 

उत्तर कोरियाले मंगलबारमात्र दुई मिसाइल परीक्षण गरेको छ । दुई साता यता उसले गरेको यो चौथो परीक्षण हो । 





  • प्रकाशित मिति : साउन २२, २०७६ बुधबार ९:१६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया