विनाश्रमस्वीकृति विदेश पठाएको आरोपमा अध्यागमन विभागका अधिकृत पक्राउ

काठमाडौं– विनाश्रमस्वीकृति दुबई, कतारलगायत मुलुक पठाएको आरोपमा अध्यागमन विभागका एक अधिकृत पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई पक्राउ गरेको हो । 

पक्राउ परेका पराजुलीसहितको मिलेमतोमा श्रमस्वीकृति नलिई दुबई तथा कतारमा ट्रान्जिट भई विभिन्न अन्य मुलुक जाने व्यक्तिहरूलाई प्रस्थान अनुमति दिइएको अख्तियारको दाबी छ । 

स्वीकृति नलिएकाहरूलाई अभिलेखसमेत अभिलेखबद्ध नरहने गरी डिपार्चर स्टाम्प लगाइदिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यसो गर्नु गैरकानुनी क्रियाकलाप हो । 





  • प्रकाशित मिति : साउन २२, २०७६ बुधबार १५:१३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया