नेपाल वायुसेवा निगमकाे सुधारका लागि पाँच सदस्यीय सुझाब कार्यदल गठन

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पाँच सदस्यीय सुझाब कार्यदल गठन गरेका छन् । नेपाल वायुसेवा निगमकाे साख खस्कँदो अवस्थामा रहेकाे र त्यसलाई उकास्न भन्दै मन्त्री भट्टराईले कार्यदल गठन गरेका हुन् । 

पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा गठित कार्यदललाई निगमकाे वर्तमान अवस्था, समस्या र सुधारका उपायसमेत पहिचान गरी एक महिनाभित्र ठोस सुझाबसहितको प्रतिवेदन र कार्यान्वयन कार्ययोजना समेत पेस गर्ने जिम्मेवारी दिइएकाे छ ।  

घिमिरेको संयोजकत्वकाे पाँच सदस्यीय कार्यदलमा लेखा विज्ञ सुवोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल, क्याप्टेन सुधीर शमशेर राई सदस्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव छन् । 

कार्यदललाई निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने, नेपाल वायुसेवा निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने, निगमको कानुनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवं व्यावसायिक क्षमतामा रहेका समस्या पहिचान तथा विश्लेषण गर्ने र उल्लेखित सबै पक्षमा गर्नुपर्ने तत्कालीन र दीर्घकालीन सुधारको ठोस कार्ययोजना पेस गर्ने क्षेत्राधिकार तोकिएको छ ।





  • प्रकाशित मिति : साउन २२, २०७६ बुधबार १५:५६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया