एजेन्सी– भारतीय विदेशमन्त्री सुस्मा स्वराजको निधनपछि भारतमा शोक छाएको छ । बलिउडका कलाकारहरुले पनि उनको सम्झनामा विभिन्न प्रसङ्ग सेयर गरिरहेका छन् ।
यीनैमध्ये एक हुन्, अमिताभ बच्चन । बलिउड अभिनेता अमिताभ बच्चनले सुस्माको निधनमा कविता नै लेखेका छन् । कवितामा अमिताभले सुस्मालाई सम्महोक, मृदुभाषी, मिलनसार, दुखहर्ताको उपमा दिएका छन् । र, उनले अब सुस्माको स्थान कसैले पनि कहिल्यै भर्न नसक्ने बताएका छन् ।
त्यसो त अमिताभ बच्चनले यसअघि पनि सुस्मासँग विभिन्न पलहरु सेयर गरेका प्रसङ्ग बाहिर नआएका होइनन् । एक अवार्ड कार्यक्रममा सुस्मा र अमिताभबीच मीठो कुराकानी भएको थियो । त्यो कुराकानीमा सुस्माले अमिताभलाई उचाइको कुरा निकालेकी थिइन् । त्यसको प्रतिउत्तरमा उनले आफू चाहिँ सुस्माको उचाइका अगाडि होचो भएको बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।