सुनः अहिलेसम्मकै सबैभन्दा महङ्गो, तोलाको ७० हजार

काठमाडौं– सुनको मूल्य इतिहासमा नै सबैभन्दा बढी भएको छ । बिहिबार ७० हजार रुपैयाँ प्रति तोलामा कारोबार भएपछि सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ । गत शुक्रबारदेखि सुनको मूल्यमा दैनिक कम्तिमा पनि ५ सय रुपैयाँ बढ्दै आएको छ । 

सुनको मूल्य बढ्नुको कारण के हो रु नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले ६ कारण बताएका छन् । यस्ता छन्, सुनको मूल्य बढ्नुका कारण :

 

१ पहिलो कारण, अहिले अमेरिका र चीनबीच व्यापारिक द्वन्द्व चर्कोको छ । विश्वभरका मानिस अन्य वस्तु खरिद गर्नतिर भन्दा सुन खरिदमा लागेका छन् । मानिस सुनमा आकर्षित भए । एउटा कारण यो हो । 

 



२ दोस्रो कारण, अन्तर्राष्ट्रिय जगत्ले सुनको कारोबारलाई महत्वपूर्ण लगानीको रूपमा लिएका कारण पनि सुनको मूल्य अकासिएको हो । 

 



३ तेस्रो कारण, विश्वबजारको अर्थतन्त्रको अनुपातमा सेयरमा भन्दा बढी सुनमा लगानी गर्ने लगानीकर्ता बढी भएर सुनको मूल्य बढेको हो । 

 

४ चौथो कारण, सुन बहुमूल्य धातु भएका कारण यसलाई ग्राहकले पुँजीको रूपमा बुझ्छन् । त्यसैले उनीहरूले धेरैभन्दा धेरै सुन जम्मा गर्न खोज्छन् । विश्वबजारमा एकैपटक सुनको माग बढी भएका कारण सुनको मूल्य बढेको  हो ।

 

५ पाँचौँ कारण, युरो र डलर ‘स्ट्रङ’ भयो । त्यसको प्रभाव सुनमा पर्यो । त्यसकारण पनि सुनको मूल्य बढेको हो । 

 

६ सुनको मूल्य बढ्नुमा हाम्रो आन्तरिक कारण पनि हो । नेपाल सरकारले प्रतिदशग्राममा नौ सय रुपैयाँले कर बढाइदिएको छ । त्यस्तै, तोलामा ११ सय रुपैयाँले बढाइदिएको छ । यसको प्रभाव पनि सुनको मूल्यमा परेको छ । 
 

  • प्रकाशित मिति : साउन २३, २०७६ बिहीबार १२:२७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया