बनेपा— बनेपा नगरपालिका १ नाला टुकुचामा ४१ महिने बालकको करेन्ट लाग्दा मृत्यु भएको छ । पानी तान्ने मोटरको तार खेल्ने क्रममा ४१ महिने रिदेश श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए ।
बिहीबार बिहान करेन्ट लागेको बालकलाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।
बालकलाई बनेपामा स्थित शीर मेमोरियल अस्पतालमा पोष्टमार्टमको लागि लगिएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।