बाढीपहिरोप्रभावित जिल्लामा थप बजेट पठाउन कांग्रेसकाे माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग बाढीपहिरो प्रभावित जिल्लामा थप बजेट पठाउन माग गरेका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिनिधिसभाको बुधबारको बैठकमा बाेल्दै सरकारसँग बाढीपहिरो प्रभावित जिल्लामा थप बजेट पठाउन माग गरेका हुन् ।

साथै खाँणले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको लापरवाहीका कारण विद्युत लाइन र ट्रान्सफरमर मर्मतका क्रममा प्राविधिकहरु दुर्घटनामा पर्ने गरेको भन्दै विद्युत् लाइन र ट्रान्सफरमर मर्मतका क्रममा घाइते हुने प्राविधिकहरुको जीवनयापनका लागि गम्भीर बन्न पनि आग्रह गरे । 

केही दिनअघि रुपन्देहीमा विद्युत् लाइन मर्मतका क्रममा प्राधिकरणकै प्राविधिक गुरुप्रसाद चौधरी दुर्घटनामा पर्दा एउटा हात र एउटा खुट्टा काट्नुपर्ने अवस्था आएको थियाे । यस्ता घटना दोहोरिन नदिन सचेत गराउँदै उनले  विद्युत प्राधिकरण र सम्बन्धित मन्त्रालयलाई गम्भीर बन्न आग्रह गरेका हुन् ।





  • प्रकाशित मिति : साउन २३, २०७६ बिहीबार १५:५०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया